काठमाडौं, २१ कात्तिक । बाजुरा केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार मध्याह्न १२ बजेर ५८ मिनेटमा बाजुरा केन्द्र भएर ४ रेक्टर स्केलको भूकम्प गएको हो। यसअघि जाजरकोट केन्द्र भएर भूकम्पका धक्का महसुस हुँदै आएको थियो। पछिल्लोपटक जाजरकोट केन्द्र भएर सोमबार अपराह्न ४ बजेर ४० मिनेटमा ४.५ रेक्टर स्केलको…