बुटवल, २३ कार्तिक । बुटवलमा दीपावली महोत्सव हुने भएको छ । नेपालीहरुको महान पर्व दीपावलीको अवसर पारेर बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा बुटवलको मुख्य बजार अमरपथ क्षेत्रमा यहि कात्तिक २५, २६ र २७ गते तीन दिने ‘दीपावली महोत्सव–२०८०, बुटवल’ गर्न लागिएको हो । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको शुक्रबार संघ सचिवालयमा बसेको कार्यसमिति बैठकले…