काठमाण्डौ, १७ कात्तिक । भारतले नेपाललाई २५ हजार मेट्रिक टन चिनी दिने भएको छ । बजारमा चिनीको अभाव देखिएपछि नेपालले भारतलाई चिनीमा लगाएको प्रतिबन्ध हटाउन आग्रह गरेको थियो । भारतबाट तत्कालका लागि २५ हजार मेट्रिक टन चिनी आउने जानकारी प्राप्त भएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक तीर्थराज चिलुवालले बताउनुभयो । उहाँका अनुसार भारतबाट…