कपिलवस्तु, २५ कात्तिक । नेपाली कांग्रेसको भ्रातृ संस्था, नेपाल विद्यार्थी संघले भूकम्पमा परेर निधन भएकी जाजरकोटको नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंह ठकुरी स्मृतिमा विद्यालय भवन पुनर्निर्माण गर्ने भएको छ। कात्तिक १७ गते गएको भूकम्पमा परेर उपमेयर ठकुरीको मृत्यु भएको थियो। नलगाड नगरपालिका वडा नम्बर ५ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय नेविसंघले पुनर्निर्माण गर्न लागेको अध्यक्ष…