काठमाडौं २२ असोज । सरकारले इजरायलमा हमास समूहको आक्रमणमा परेर ज्यान गुमाएका नेपालीको शव स्वदेश ल्याउने तयारी थालेको छ । इजरायलमा अहिलेसम्म १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।नेपाली राजदूतावास तेल अभिभ, इजरायलबाट प्राप्त पछिल्लो जानकारी अनुसार इजरायलको गाजासँगको सीमाना लगायतका क्षेत्रमा भएको पछिल्लो आक्रमणमा परी १० जना नेपाली नागरिकहरुले…