काठमाडौं, २८ भदौ । नेपाल विद्युत् प्राधिकरणले १ असोजका दिन पर्ने विश्वकर्मा पूजाको प्रसाद बाँड्न प्रतिकर्मचारी २ सय रुपैयाँ पूजा खर्च संकलन गर्ने भएको छ । प्राधिकरणले मातहतका निकायलाई पत्र लेख्दै यस्तो जानकारी गराएको हो । प्राधिकरणका अनुसार विद्युत् प्राधिकरणको कार्यालय भित्र रहेको विश्वकर्मा मन्दिरमा १ असोजका दिन पूजा गरिने भएको छ । प्राधिकरणले बिहान…