काठमाण्डौ, १३ असोज । सुर्खेत वीरेन्द्रनगरको एक निजी विद्यालयको छात्रावासमा ८ वर्षीय बालक मृत भेटिएपछि अवस्था तनावग्रस्त बनेको छ । वीरेन्द्रनगर नगरपालिका–६ घण्टाघर नजिक रहेको उषा बालवाटिका सेकेण्डरी स्कुलको कक्षा दुई मा पढ्ने र होस्टेलमै बस्ने आठ वर्षका सलाम पुलासी मृत भेटिएका हुन । उनको घर दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–२ रहेको प्रहरीले जनाएको छ ।…