बुटवल २८ भदौ । लुम्बिनी प्रदेशको रुकुमपूर्व जिल्ला सदरमुकाम सार्ने तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको २०७४ सालको निर्णयलाई सर्वोच्च अदालतले ६ वर्षपछि बदर गरेको छ ।सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार देउवा नेतृत्वको सरकारले गरेको निर्णय बदर गरेको हो । २०७४ माघ ११ गते राति तत्कालीन देउवा सरकारले रुकुमकोटबाट सदरमुकाम पुथाउत्तरगंगा १२ को गोल्खाडा सार्ने…