रुपन्देही ३० असार । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० रुपन्देहीको विवाद सदस्यता खारेजी र कुटपिटको तहसम्म पुगेको छ ।आगामी मंसिरमा हुने पार्टीको अधिवेशनमा नेतृत्व हत्याउने उद्देश्यले एक समूहले स्थापनाकालदेखि पार्टीमा लागेका कार्यकर्ताको सदस्यता खारेजी र कुटपिटको तहसम्म पुगेको सतहमा आएको हो ।राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सैनामैना र्यापिट एक्शन टिम संयोजक दामोदर खत्रीले बिधान अनुसार पार्टी सञ्चालन…