काठमाण्डौ, २६ साउन । निजी विद्यालय सञ्चालकहरूले प्रस्तावित शिक्षा विधेयकविरुद्ध घोषणा गरेको आन्दोलन फिर्ता लिएका छन् । शुक्रवार सरकारको तर्फबाट आन्दोलनरत पक्षका माग सम्बोधन गर्ने प्रतिबद्धता आएको भन्दै उनीहरूले आन्दोलनको सबै कार्यक्रम फिर्ता लिएको बताएका हुन् । मन्त्रिपरिषदबाट पारित शिक्षा विधेयक २०८० विरुद्ध विद्यालय बन्द गर्नेसम्मका कार्यक्रम घोषणा गरेका निजी विद्यालय सञ्चालकहरूले माग सम्बोधन गर्ने…