काठमाडौं, १९ वैशाख । चुनाव प्रचार प्रसारका बेला चितवनमा रहँदा घरको छतबाट खसेर घाइते भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका गाडी चालक दिलबहादुर थापा (शम्भु) को उपचारका क्रममा निधन भएको छ । उनको उपचारका क्रममा आज मंगलबार दिउँसो १ः३५ बजे निधन भएको मेडसिटी अस्पतालले जनाएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षीय…