काठमाण्डौ, १८ वैशाख । लामो समयदेखि बन्द रहेका चीनतर्फका सबै नाका आजदेखि खुल्ने भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष सिलाङ निमाबीच गएको चैतमा चीनमा भएको भेटका क्रममा मे १ तारिख अर्थात् आजदेखि सिन्धुपाल्चोकको तातोपानी, हुम्लाको यारीसहित चीनतर्फका सबै नाका खुला गर्ने सहमति भएको थियो…