काठमाण्डौ, २६ चैत्र । म्याग्दीको धौलागिरि बेस क्याम्पमा एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको छ । इटालियन बेस क्याम्पबाट उडेको हेलिकप्टर धौलागिरि बेस क्याम्पमा ‘फोर्स ल्यान्डिङ’ गर्दा सामान्य दुर्घटनामा परेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले उज्यालोलाई जानकारी दिनुभयो। ‘कार्गो हेलिकप्टर फोर्स ल्यान्डिङका क्रममा सामान्य दुर्घटनामा परेको हो, यसलाई दुर्घटना पनि भन्न मिल्दैन, घाइते भएका…