लमजुङ ३ बैशाख । नेकपा एमाले उपमहासचिव एवं प्रतिनिधिसभा सदस्य पृथ्वीसुब्बा गुरुङले वृद्धवृद्धा, अपांगता, दलित, एकल महिलालगायतले खाइपाइ आएको सामाजिक सुरक्षा भत्ता वर्तमान सरकारले कटौती गर्न लागेको आरोप लगाएका छन् । उनले सरकारको गतिविधिले जनता त्रासमा रहेको भन्दै सामाजिक सुरक्षा भत्ता नरोक्न सरकारलाई आग्रह गरे । नेकपा एमाले बेंसीसहर नगरपालिका ६, वडा कमिटीद्वारा शनिबार आयोजित…