काठमाडौं, ०९ फागुन । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिमा चाहना भएपनि कुनै निर्णय गरिनसकेको बताएका छन्। मंगलबार बिहान दाङमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले आकांक्षा भए पनि कुनै निर्णय गरिनसकेको बताएका हुन्। उनले पावर सेयरिङमा पार्टीको भूमिका हुनुपर्ने बताउँदै सधैँभरी अरूको निम्ति मात्रै बलिदान दिन नसकिने बताए। ‘चाहना राख्ने कुरा बेग्लै हो,…