काठमाडौं, ९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटर पुगेर सभामुख घिमिरेले प्रचण्डसँग छलफल गरेका हुन् । सभामुख भइसकेपछि घिमिरेले परामर्श गरिरहेका छन् । यसअघि सर्वदलीय बैठक पनि गरिसकेका छन् ।संसदलाई संचालनलगायतका विषयमा छलफल उनले परामर्श गरिरहेका छन् ।