पाल्पा १ माघ। अनधिकृत रूपमा विद्युत चोरी गरी माछा मार्ने क्रममा साथीको ज्यान गएपछि पाल्पा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । जिल्लाको माथागढी–१, अघाहाखोलामा माछा मार्ने क्रममा शनिबार बेलुकी करेन्ट लागेर रम्भा गाउँपालिका–४, का ३० वर्षीय विष्णुबहादुर थापाको ज्यान गएको थियो ।थापाको तानसेनस्थित पाल्पा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । विद्युतको मेन लाइनमा…