वीरेन्द्रनगर — आइतबार सुर्खेतको बसपार्क अगाडि बसको ठक्करबाट महिलाको मृत्यु भएपछि आफन्तहरुले आन्दोलन थालेका छन् । बसको ठक्करबाट जाजरकोटको छेडागाड नगरपालिकाकी ६६ वर्षीय नदी रावतको मृत्यु भएको हो ।उचित क्षतिपूर्ति र सवारी चालकलाई हदैसम्मको कारबाहीको माग राख्दै आफन्तहरुले यरिचोक, बसपार्क अगाडि, मंगलगढी चोक, एयरपोर्ट चोकमा टायर बालेर सडक अवरुद्ध गरेका छन् ।आफन्तहरु आन्दोलनमा उत्रिएपछि सुर्खेत…