कपिलवस्तु १९ पुस । कपिलवस्तुको बुद्धभूमि नगरपालिका –५, नौडिहवाका अमिरुन निशा जाडो सुरु भएपछि राम्रोसँग निदाउन पाउनुभएको छैन । सुत्केरी हुने दिन नजिक आउँदैछ । चिसोले गर्दा कुनै बेला आगो ताप्ने र तातो भएपछि बिस्तारामा जाने गर्नुभएको छ । घरमा दुई जना बच्चा छन्, चार जनाको परिवार भए पनि ओढ्ने एउटा मात्रै छ । बच्चालाई…