काठमाडौँ, १७ जेठ अर्थमन्त्री डा स्वर्णिम वाग्ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट महत्वाकांक्षी नभएको बताउनुभएको छ । आज अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले बजेटको आकार सानो नभएको बताउनुभयो । “विगतका वर्षमा बजेट आएपछि बजेट राम्रो भए पनि कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने बहस हुन्थ्यो, तर यसपटक त्यस्तो अवस्था छैन, बजेट महत्वकांक्षी छैन, बान्छित सीमाभित्रै…