काठमाडौं १९ असार ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग एमालेले सत्ता सहयात्रा टुंग्याएको छ। नेपाली कांग्रेससँग राष्ट्रिय सहमतिकोे सरकार बनाउने समझदारी गरेको एमालेले बुधबार बेलुकी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको हो।समर्थन फिर्तासँगै एमालेबाट मन्त्री बनेका ८ जनाले पनि सामूहिक राजीनामा दिएका छन्।राजीनामा बुझाउन बालुवाटार पुगेका कानुनमन्त्री पदम गिरीका अनुसार, केहीबेर त्यहाँको माहोल…