सिन्धुली ११ असार ।सिन्धुली जिल्ला अदालतले २३ वर्षअघिको मुद्दा ब्युँताउन आदेश दिएपछि माओवादी पङ्क्तिमा खैलाबैला मच्चिएको छ ।जिल्लाका सांसद राजन दाहालबाहेक अधिकांश जनयुद्धकालीन माओवादी नेताहरूलाई प्रतिवादी बनाइएको मुद्दा ब्युँतिएपछि पार्टीभित्रको विवादसँग समेत जोडेर अड्कल काट्न थालिएको छ ।माओवादी उपमहासचिव हरिबोल गजुरेल, राष्ट्रियसभामा माओवादीका सचेतक गोपी अछामी, जिल्ला इन्चार्ज बुद्धिमान माझी, मोहन वैद्य नेतृत्वको माओवादीका नेता…