पाल्पा १५ बैशाख । तानसेनको टुंडिखेलमा बिहीबारदेखि पाल्पा महोत्सव सुरु भएको छ । पाल्पा उद्योग वाणिज्य सङ्घको आयोजनामा सुरु भएको महोत्सवको उद्घाटन नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय उपाध्यक्ष हेमराज ढकालले गर्नुभयो ।कार्यक्रममा बोल्नुहुँदै उपाध्यक्ष ढकालले निजी क्षेत्रलाई तर्साउने गरी अख्तियारको क्षेत्राधिकार बढाउन खोजिएकोप्रति आपत्ति जनाउनुभयो । अहिले कारोना तथा विश्व अर्थतन्त्रका कारण व्यापार व्यवसाय क्षेत्र…