काठमाण्डाै, २० चैत्र । अर्थ मन्त्री डा. प्रकाशशरण महतले शेयर बजारका समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभएको छ । शेयर लगानीकर्ताहरूको टोलीसँग आज साेमवार मन्त्रालयमा भएको छलफलमा मन्त्री महतले बजारका समस्या समाधान गरेर लगानीकर्ताको मनोबल उकास्न आवश्यक पहलकदमी लिने प्रतिबद्धता जनाउनुभएको हो । देशको अर्थतन्त्रको अनुहार देखाउने प्रमुख सूचक शेयर बजार पनि भएको भन्दै मन्त्री महतले…