बुटवल ४ असार । लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा अनलाइन ओपीडी टिकट सेवा शुभारम्भ भएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दिपेन्द्र कुमार पुनले मँगलबार अस्पतालको मोवाइल एपबाट टिकट काटेर सेवाको शुभारम्भ गरे ।यो सेवा सञ्चालनसँगै सेवाग्राहीले टिकटकै लागि घण्टौंसम्म लाइन बस्नु पर्ने समस्या हटेर गएको उल्लेख गरे । समय र प्रविधिको बिकास अनुसार सेवालाई परिमार्जित गर्नुपर्ने…