बाणगंगा, कपिलवस्तु — कात्तिक २५ कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका अन्तर्गत वर्गदीघाट बगरमा हालका दिनमा मम्फली (बदाम) खेतीले कृषकहरूको आर्थिक जीवनमा नयाँ उज्यालो फैलाइरहेको छ। बाणगंगा नदी किनारका बालुवायुक्त जमिनमा २०० भन्दा बढी कृषकले गरेको मम्फली खेती अहिले गाउँको पहिचान बनेको छ।कृषकहरूका अनुसार एक हेक्टर जमिनमा झन्डै २५–३० क्विन्टल मम्फली उत्पादन हुने गरेको छ। अहिले बजारमा…