काठमाडौं २३ मंसिर । नेपाली काँग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाणले १४ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बन्ने बताएका छन् । पार्टीमा महामन्त्रीको जिम्मेवारी पाउने अवस्थामा गृहमन्त्रीको जिम्मेवारी अन्य नेतालाई हस्तान्तरण गर्न आफू तयार रहेको खाणले बताएका छन् । सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले महाधिवेशनमा आफ्नोतर्फको प्यानल निर्माणका लागि छलफल थालेसँगै खाणले महामन्त्रीमा दाबी प्रस्तुत गरेका…