रुपन्देही १२ असार ।भारी वर्षाका कारण बुटवलको मुख्य शहरक्षेत्रको राजमार्ग डुबेको छ। नालीको पानीको निकास सानो भएका कारण सडक भरिएपछि यातायात प्रभावित भएका छन्। मिलनचोकदेखि कालिकानगरसम्मको राजमार्ग र सर्भिस लेन सडककै पानी भरिएर डुबान भएको हो । बाढी पसेपछि केहीबेर यातायात समेत अवरुद्ध भएको थियो।गोलपार्कदेखि राजमार्ग चौराहासम्म एकाएक भारी वर्षा भएपछि सडक क्षेत्रको पानी सडकमै…