अर्थ-वाणिज्य

नयाँ रेकर्ड : एउटा पालिकाको एकै बर्षमा १००० योजना



अर्घाखाँची १० असार ।अर्घाखाँचीको सितगंगा नगरपालिकाले योजना छनौट गर्ने र वजेटमा समाबेश गर्ने तर्फ नयाँ रेकर्ड नै कामय गरेको छ । आगामी वर्षको ८० लाखको वजेटमा १००० वटा योजना समाबेश गरेर नयाँ रेकर्ड कायम गरेको आर्थिक मामिलाका जानकारहरु दावि गर्छन । यसैबीच शितगंगा नगरपालिकाको वजेट निति तथा कार्यक्रम बहुमतबाट पारित भएको छ । बीहिवार सम्पन्न नगरसभाले करिव १ हजार योजनाहरु पास गरेको हो । 

नगरपालिकाले कृषि,सडक,स्वास्थलाई प्राथमिकता दिने गरे बजेट ल्याएको हो । जनताको माग बढि हुने पाइप,जालीहरुमा यो बर्ष बढि बजेट विनियोजन गरेको छ । शितगंगा नगरपालिकाका नगर प्रमुख सुर्य प्रसाद अधिकारीले प्रस्तुत गर्नु भएको बजेटमा नगरपालिकामा खानेपानीको बिद्युत महसुलमा ७५ प्रतिशत अनुदान नगरपालिकाले दिने गरि बजेट प्रस्तुत भएको छ ।जनतालाई पर्ने आर्थिक भार कम गर्न बिद्युुत महसुल नगरपालिकाले तिर्ने भएको नगर प्रमुख सुर्य प्रसाद अधिकारी बताउनु भयो ।

यस्तै आगामी आर्थिक बर्षको बजेटमा एकल पुरुष र महिलालाई पनि भत्ता दिने गरि बजेट ल्याइएको छ ३५ बर्ष पुगेका अबिवाहित महिला र ४० बर्ष पुगेका एकल पुरुसहरुलाइ नगरले मासिक भत्ताको ब्यवस्थागर्ने भएको हो। यस्तै नगरपालिकाले ग वर्गका अपाङगता भएका ब्यतिहरुको आत्मबल बढाउन उनिहरुलाई पनि मासिक भत्ताको ब्यवस्था गरेको हो ।

प्रकाशित : ११ असार २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६