काठमाण्डौ, २०असोज । सरकारले धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई पदबाट बर्खास्त गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले बोर्डका अध्यक्ष ढुंगानालाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको हो । सर्वोत्तम सिमेन्टको शेयर विवादमा मुछिएका ढुंगानालाई न्यायिक छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा सरकारले पदबाट बर्खास्त गरेको हो । बुक बिल्डिङ प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टको १०…