कपिलवस्तु, बाणगंगा नपा–६ अमौली जेनजी आन्दोलनका क्रममा जेलबाट भागेका कैदीबन्दीहरुको गतिविधि बढेसँगै गाउँ–बस्तीमा चोरीका घटना तीव्र भएको स्थानीयले बताएका छन् । चोरी बढेसँगै सर्वसाधारण त्रासमा परेका छन् । राति–बेलुकी घरमा ढुक्कसँग बस्न नसकिने अवस्था आएपछि स्थानीयवासी आफैं सुरक्षा व्यवस्थामा जुटेका छन् । गाउँका युवाहरु पालैपालो गस्ती गर्ने, टोल–टोलमा सर्तक समिति गठन गर्ने कार्यलाई अघि बढाइएको…