काठमाडौं, १५ जेठ । नेपाल सरकारले आज आगामी आर्थिक वर्ष २०७७\०७८ को बजेट संसदमा प्रस्तुत गर्दैछ । अर्थमन्त्री डा.युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा अपराह्न ४ः०० बजे राजश्व र आयको विवरण प्रस्तुत गर्नुहुनेछ । सभामुख अग्निप्रसाद सापकोटाले बैठकका लागि दिउसो ३ बजेर ४५ मिनेट अगावै उपस्थित भइसक्न सबै सदस्यलाई आग्रह गर्नुभएको छ । नीति तथा कार्यक्रममा…