भैरहवा, १३ जेठ । लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीले सार्वजनिक खरीदका सम्पूर्ण प्रक्रिया स्थगित गरी निर्माणाधीन कार्यको म्याद थप गर्न माग गरेको छ । संघले विषम परिस्थितिमा पनि मानवीय स्वास्थ्यलाई समेत ख्याल नगरी बोलपत्रका खरीद प्रक्रिया यथावत राखिएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । निर्माणसँग सम्बन्धित सम्पूर्ण वस्तुको सहज आपूर्ति गर्न कठिनाई भएको अवस्थामा…