कैलाली, १३ बैशाख । कैलालीको जानकी गाउँपालिका–९ ले राहतसँगै केरा वितरण गर्न थालेको छ । गाउँपालिकाले खाद्यान्नसहितको राहत प्याकेजमा केरा उपलब्ध गराउन थालेको हो । “किसानको उत्पादित केरा बारीमै सड्न थालेकाले स्थानीय केरा व्यवसायी खेमबहादुर चन्दको सहयोगमा राहतमा केरासमेत बाँड्न थालेका हौँ”, जानकी–९ का वडासचिव प्रेम बुढाले भन्नुभयो, “प्रतिव्यक्ति एक दर्जन केरा वितरण गरिरहेका छौँ…