म्याग्दी, ३० पुस माघेसङ्क्रान्ति पर्वको अवसरमा आजदेखि जिल्ला सदरमुकाम बेनीमा खाना महोत्सव एवं कृषि मेला प्रदर्शनी सुरु हुँदैछ । म्याग्दी उद्योग वाणिज्य सङ्घअन्तर्गतको महिला उद्यम विकास समितिले यही आजदेखि माघ ३ गतेसम्म ११औँ माघेसङ्क्रान्ति मेला, खाना महोत्सव र कृषि मेला प्रर्दशनी आयोजना गरेको हो । बेनीमा परम्परागत रूपमा लाग्ने माघेसङ्क्रान्ति मेलाको संरक्षण, पुस्तान्तरण तथा कला,…