काठमाडौं ११ कार्तिक । सरकारले १४ वर्ष मुनिका बालबालिकाहरुलाई क्यान्सर लागेमा निःशुल्क उपचार गरिदिने निर्णय गरेको छ । सरकारी अस्पतालहरु कान्ति बाल अस्पताल काठमाडौं, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा यस्तो सेवा निःशुल्क गर्ने निर्णय गरिएको हो । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको सचिवालयका अनुसार मंसिर १ गतेबाट उपचार…