तुलसीपुर १० जेठ । लुम्बिनी प्रदेशमा यही जेठ १७ गते हुने राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका उम्मेदवारको आईतबार अन्तिम नामावली प्रकाशन गरिनका साथै निर्वाचन चिह्न प्रदान गरिएको छ । नेकपा (एमाले)का उम्मेदवार चन्द्रबहादुर खड्कालाई सूर्य र नेपाली कांग्रेसका दीर्घनारायण पाण्डेलाई रुख चिह्न प्रदान गरिएको निर्वाचन अधिकृत निमराज भट्टराईले जानकारी दिए ।पाण्डेलाई नेकपा(माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाको समर्थन…