काठमाडौं 2 जेठ । चीन सरकारले नेपाललाई दिने भनिएको अनुदान अन्तर्गतको १८ हजार अक्सिजन सिलिण्डर तातोपानी नाकामा आइपुगेको छ । नेपाल सरकारको आग्रहमा चीन सरकारबाट सहयोग प्राप्त अक्सिजनको सिलिण्डर तातोपानी नाकासम्म आइपुगेको हो ।
उपप्रधानमन्त्री तथा सिसिएमसीका संयोजक ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेका अनुसार नाकासम्म आइपुगेको अक्सिजन सिलिण्डरलाई काठमाडौं ल्याउने तयारी भइरहेको छ ।
कोरोना संक्रमण बढिरहेको र हस्पिटलहरुमा अक्सिजन अभाव भइरहेको सन्दर्भमा चीन सरकारले नेपाललाई उपलब्ध गराउने घोषणा भएका स्वास्थ्य समाग्री र उपकरणहरु आउने क्रम सुरु भएको हो । यस अघि नेपाल बायुसेवा निगमको बिमानबाट ४०० थान सिलिण्डर सहित स्वास्थ्य उपकरण र सामाग्रीहरु नेपाल आईसकेको छ ।
कोरोना महामारीविरुद्ध लड्न सहयोग पुगोस् भनेर चीनले २० हजार थान अक्सिजन सिलिण्डर, भेन्टिलेटर लगायतका स्वास्थ्य सामग्रीहरु नेपाल सरकारलाई अनुदानमा दिने घोषणा गरेको छ ।








प्रतिक्रिया