अर्घाखाँची,२६ कार्तिक। हरिबोधिनी एकादशीका दिन मंगलबार सन्धिखर्क र शितगंगा नगरपालिकाले सार्वजनिक बिदा दिएका छन् । नगरपालिका र अन्तर्गतका सबै कार्यालय र स्कुलमा बिदा दिइएको छ । एकादशीको दिन सन्धिखर्क र चुत्रावेशी बजारसहित अर्घाखाँचीका गाउँ(गाउँमा देउसी भैलो खेलेर तिहारलाई बिदाई गर्ने परम्परा रहेको छ । एकादशीको दिन राजनीतिक दल, भातृ संघसंगठन, विद्यार्थी, विभिन्न क्लब, आमा समूहसहित…