बिजनेस

बाणगंगा र गजेहडा भू पू सैनिक खानेपानीको १०औं वार्षिक साधारण सभा सम्पन्न



कपिलवस्तु । बाणगंगा र गजेहडा भूपू सैनिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिको १०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त साधारण सभा ‘सफा पानि सफा बानि, सहयोग पुर्याउन भू.पू. सैनिक खानेपानी’ भन्ने मूल नारासहित शनिबार सम्पन्न भएको हो ।

साधारण सभाका प्रमुख अतिथि समेत रहेका लुम्बिनी प्रदेशका सांसद विष्णु पन्थीले प्रदेश स्तरीय पानी परिक्षण ल्याबले यस क्षेत्रका जनता मात्र नभइ समग्र प्रदेशवासीनै लाभान्वित हुने बताए । यस क्षेत्रका जनातालाई शुद्ध पानी खुवाउन भू।पू।सैनिक खानेपानी तथा सरसफाई उपभोक्ता समिती अहोरात्र खटिएको भन्दै जनताको सेवामा खटिने सम्पूर्ण समितीलाई धन्यवाद समेत प्रदान गरेका थिए ।

उनले भू पू सैनिक खानेपानी तथा सरसफाई उपभोक्ता समितीले उत्कृष्ट काम गरेकाले यस क्षेत्रमा प्रदेश स्तरीय पानी परिक्षण ल्याब बनेको बताए । उनले अब विकास निर्माण गर्दा बसाइसराई र जनसंख्याको चापलाई मध्यनजर गर्दै दिर्घकालिन योजनाको साथ काम गर्नुपर्ने बताए ।

बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले यस खानेपानीले नगरपालिका संग समन्वय गर्दै आएको स्मरण गर्दै यस क्षेत्रका जनतालाई शुद्ध, स्वच्छ खानेपानी उपलब्ध गराईरहेको बताए । उनले खानेपानीका क्षेत्रमा देखिएका समस्या समाधान गर्न नगरपालिका सदैव प्रतिवद्ध रहेको बताए । अध्यक्ष राजेन्द्र विक्रम शाहले समितिलाई लुम्बिनी प्रदेशकै एक नमुना आयोजनाका रुपमा विकास गर्न सफल भएको बताए । आफुले नेतृत्व गरेको खानेपानी संस्था प्रदेशभर चर्चाको केन्द्र बनेको उनले दाबी गरे ।

उपभोक्तालाई स्वच्छ खानेपानी उपलब्ध गराउन आफु प्रतिवद्ध रहेको उनले जिकीर गरे । उनले अझै पनि धेरैले खानेपानीको महत्व बुझ्न नसकेको बताए । स्थानीय सरकारदेखि संघीय सरकारले जनतासम्म सुरक्षित खानेपानी पुर्याउन थप लगानीसंगै चासो देखाउन जरुरी रहेको उनको भनाई छ । उनले पानीको अभावमा मानिसको जीवन रक्षा हुन नसक्ने बताउँदै उनले भने, ‘पानी विना मानव जिवनको कल्पना पनि गर्न सकिदैन् । पानी विना जीवनयापन हुन सक्दैन् ।’

साधारण सभामा समितीका सचिव कृष्ण बहादुर शाहीले प्रस्तुत गरेको वार्षिक प्रतिबेदन, कोषाध्यक्ष राममाया रानाले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन बन्द तथा खुलासत्रबाट पारित भएको छ । यस्तै कार्यक्रममा आन्तरीक लेखा परिक्षण प्रतिबेदन संयोजक कमल पौडेलले र पानी सुरक्षा समितीको प्रतिबेदन संयोजक निर्मल शाहीले प्रस्तुत गरेका थिए ।

समितिले ४ करोड ५० लाख ६१ हजार ३०८ रुपैयाँ बराबरको निति तथा कार्यक्रम प्रस्तुत गरेको छ । कार्यक्रम समितीका अध्यक्ष राजेन्द्र विक्रम शाहको अध्यक्षता, उपाध्यक्ष झलक मल्ल ठकुरीको स्वागत मन्तब्य र सचिव कृष्ण बहादुर शाखीको संचालनमा सम्पन्न भएको हो ।

प्रकाशित : १५ मंसिर २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६