गुल्मी १२ असार । गुल्मीको मालिका गाउँपालिकामा एक ठाडो खोलाले बगाउँदा २ जनाको मृत्यु भएको छ ।मालिका गाउँपालिका(२ दर्लिङमा सेतेढुंगा खोलाले बगाउँदा स्थानीय ४१ वर्षीय लीलबहादुर घर्ती र उनकी छोरी ८ वर्षीय बिन्दु घर्तीको मृत्यु भएको वडा नं २ का वडाध्यक्ष विनोद श्रीसले जानकारी दिए ।