काठमाडौं १४ फाल्गुन । गायक कमल घलेको गीति एल्बम ‘कृशा’को लोकार्पण गरिएको छ । राजधानीको रातोपुल स्थित रक हाउस क्याफे एण्ड पार्टी प्यालेसमा सोमबार एक कार्यक्रमबीच ‘कृशा’ एल्बमको लोकार्पण गरिएको हो ।युथ क्रियशन म्युजिकको आयोजनामा भएको कार्यक्रममा रोयल्टी सङ्कलन समाजका अध्यक्ष तथा सङ्गीतकार सङ्घका उपाध्यक्ष महेश खड्काको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि सहित…