काठमाण्डाै १५ चैत - धनुषाको सबैलामा भएकोे मोटरसाइकल दुर्घटनामा चार जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । सबैला नगरपालिका–१२ बरकुर्वामा बेलुका साढे ८ बजेतिर ज ६ प ६७३९ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पल्टिँदा मोटरसाइकलमा रहेका पाँच जनामध्ये चार जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो…