काठमाडौं २३ साउन । काठमाडौंमा बिहीबार कोरोना संक्रमण देखिएकामध्ये पाँच जना सम्पर्कविहीन भएका छन् । इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बिहीबार रातिसम्म ८२ जनाको व्यवस्थापन भएको र ५ जनासँग सम्पर्क हुन नसकेको बताएको छ ।योसँगै बुधबार र बिहीबार संक्रमण पुष्टि भएका १२ जना सम्पर्कविहीन भएका छन् । ‘१२ जनाको नै फोन लगाउँदा गलत नम्बर भन्छ,’…