काठमाण्डौ, १५ मंसिर । केही समययता कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको सङ्ख्या बढ्न थालेको छ । चिसो बढेसँगै रुघाखोकी, घाँटीको खसखस, मौसमी फ्लु र छातीमा चिसो गडेका बिरामी बढेका त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जका सहप्राध्यापक एवम् वरिष्ठ छाती रोग विशेषज्ञ डा.निरज बमले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले अस्पतालमा उपचारमा पुग्ने केहीमा निमोनियासमेत देखिएको…