बुटवल ९ बैशाख । पाल्पादेखि बुटवलतर्फ आउँदै गरेको बसको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ । दुर्घटनामा परी पाल्पाको बगनासकालि गाउँपालिका(४ का ४३ वर्षीय राजेन्द्र न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।शुक्रबार दिउँसो तिनाउ गाउँपालिका( ३ फुलगैरा स्थित सिद्धार्थ राजमार्गमा गुल्मीबाट बुटवल तर्फ आउँदै गरेको लु १ ख ४८४७ नम्बरको बसले सोही…