कपिलवस्तु २० पुस कपिलवस्तुको सिद्धार्थ क्याम्पसमा विधार्थीमाथि कुटपिट भएको छ । क्याम्पसमा मंगलबारदेखि सुरु भएको खेल सप्ताहको दोस्रो दिन आज बुधबार स्नातक दोस्रो बर्षमा अध्ययनरत विधार्थी नारायण पौडेलमाथि कुटपिट भएको हो । पौडेललाई सोही क्याम्पसमा अध्ययनरत एक विधार्थीको समूहले कुटपिट गरेको बताईएको छ । ती विधार्थीले पौडेलको टाउकोमा स्टम्पले आक्रमण गरेका हुन् । आक्रमणपछि उनको…