काठमाण्डाै - गर्मी बढेसँगै आगलागीका घटनामा समेत वृद्धि हुन थालेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घन्टामा देशका विभिन्न जिल्लाका ३२ स्थानमा आगलागी भएको छ। प्राधिकरणले आज जारी गरेको सूचनाअनुसार आगलागीमा परेर एक जनाको ज्यान गएकाे छ भने अन्य पाँच जना घाइते भएका छन् । सप्तरीको बोदेबरसाइन नगरपालिका–१० मा रहेकाे अमरैयाका दुई…