सप्तरी – सप्तरीको खडक नगरपालिकामा कुटपिटबाट एक युवकको ज्यान गएकाे छ । विवाहमा जन्तीसँगै ल्याएइको डिजे बाजा बजाउने विषयलाई लिएर भएको विवादपछि कुटपिटमा परि खडक नगरपालिका ४ पंसेराका २५ वर्षीय सन्तलाल पासवानको आज बुधवार ज्यान गएकाे जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सन्तलालका छिमेकी रामचन्द्र पासवानकी छोरीको विवाहमा दुई दिन अगाडि राति जन्ती आएको थियो ।…