कपिलवस्तु, १९ असोज। कपिलवस्तुको कृष्णनगर नगरपालिकामा झाडावान्ताका विरामीको संख्या ह्वात्तै बढेको छ । वडा नम्बर ७, ८ र ९ मा झाडावान्ताका विरामीको संख्या बढेको हो ।स्थानीय शिवराज अस्पताल बहादुरगंजमा अहिले एक सयको हराहारीमा विरामीहरू रहेको अस्पताल प्रशासनले जनाएको छ । यसकासाथै निजी क्लिनिकहरुमा पनि बिरामीको चाप बढेको छ ।नगरपालिकाको बहादुरगंज, सुखरामपुर, देवानगढिया, जमुनी, दयानगर, विजयनगर,…